नेकपा जनकपुर ब्यूरोद्धारा चैत्र १० गते बर्दिवासमा बृहत जनसभा हुने

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूरोका शीर्ष नेताहरूले सम्बोधन गर्ने

नेकपा जनकपुर ब्यूरोद्धारा चैत्र १० गते बर्दिवासमा बृहत जनसभा हुने

चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूरोले चैत १० गते अर्थात् भोली बर्दिवासमा बृहत जनसभा गर्ने भएको छ । 

एकिकृत जनक्रान्ति जिन्दावाद, दलाल पुंजीवादी व्यवस्थाको विकल्प–वैज्ञानिक समाजवाद ! भन्ने मूलनारा सहित उक्त कार्यक्रम गरिने र कार्यक्रममा हज्जारौं जनसमुदायको उपस्थिती रहने आयोजकले बताएको छ । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूरोका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । 

प्रतिबन्ध फुकुवापछि नेकपाले देशव्यापी रुपमा विभिन्न कार्यक्रम, संगठन विस्तार, विशााल जनसभाहरू गरिरहेको छ ।