तिलोत्तमा, ९ चैत । लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले बर्दघाट–४ नवलपरासी शिवनगर कलोनी निबासी तोलाकान्त पाण्डेको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले तोलाकान्तकी श्रीमती शान्ती पाण्डेलाई रकम हस्तान्तरण गरेकी हुन् । गत असार ९ गते एलआईसी नेपालमा ६ लाख रुपियाँको बिमा गरेका तोलाकान्तको गत भदौ २१ मा हृदयघात भई मृत्यु भएको थियो ।
उनकी श्रीमती शान्तीलाई मृत्यु दावी बापत ६ लाख ३९ हजार ६०० रुपियाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताइन् । त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
कार्यक्रममा एलआइसीका एजेन्सी म्यानेजर किशन बहादुर चौधरी, अभिकर्ता रामभुवन लोनियाँ लगायतले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खवर
तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु
कोरोनाको महामारीसँगै कक्षा १२ को परिक्षा सुरू
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्