अखिल (क्रान्तिकारी ) अर्घाखाँची निरन्तर संगठन विस्तारमा 

जिल्लाका विभिन्न विद्यालयमा इकाई कमिटि निर्माण

अखिल (क्रान्तिकारी ) अर्घाखाँची निरन्तर संगठन विस्तारमा 

अयन विश्वकर्मा /अर्घाखाँची : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । बुधवार जिल्ला सचीव क. दिवाकरको नेतृत्वमा जनता कृष्ण मावीको कक्षा ९ र १० मा प्रकाश नेपालीको अध्यक्षतामा २१ सदस्यीय र ११/१२ मा करिश्मा आचार्यको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी निर्माण गरेको छ ।

संगठन विस्तारको क्रममा  क. दिवाकरले घोकन्ते र बुर्जुवा शिक्षा प्रणाली वैज्ञानिक प्रणाली नभएको अर्थात् अबको आवश्यकता भनेको वैज्ञानिक शिक्षा प्रणाली भएको र यस प्रणाली ल्याउन वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सम्भव रहेको बताए । 

कार्यक्रमको संचालन विद्यार्थी नेता क. रोमले गरेका थिए ।