तिलोत्तमा, २५ चैत । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।
कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् ।
सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा प्रचण्ड–नेपाल समूहको बन्दको प्रभाव
५ वर्ष अगाडि
आज कपिलवस्तुको शिवगढीमा ‘विप्लव’ले सम्बोधन गर्ने
५ वर्ष अगाडि
नेकपा मकवानपुरका जबस मोर्चाद्वारा विरोध प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्