विनोद बिष्ट / धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ५ वर्षीय बालक आयुस जोशीको मृत्यु भएको पुष्टि गरे। मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान हुन सकेको छैन। स्थानीयले ठक्कर दिने चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
Tags :
सम्बन्धित खवर
३० जेठ २०७८ मा स्ववियु निर्वाचन हुने
५ वर्ष अगाडि
ग्लोबल ग्रान्ट अन्तर्गत रोटरीका २ प्रोजेक्ट सम्पन्न
५ वर्ष अगाडि
भगीरथी–हत्याकाण्डबारे सत्यतथ्य सार्वजनिक गर : विप्लव
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्