चैत्र ३०, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही, अर्घाखाँची र कपिलबस्तु एक–एक जना संक्रमितको मृत्यु भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका १ निवासी ७१ वर्षिय महिलाको आज विहान मृत्यु भएको हो ।
चैत्र २१ गते कोरोना अस्पतालमा भर्ना भएकी ति महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या लगायतको समस्या रहेको लुम्बिनी प्रादेशीक अस्पतालले जनाएको छ।
त्यसै गरी कपिलबस्तुको वाडगंगा नगरपालिका ३ निवासी ७१ वर्षिय पुरुषको आज विहान सवा ७ बजे मृत्यु भएको छ।
चैत्र २७ गते अस्पतालमा भर्ना भएका ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका ५ कि ७९ वर्षिय महिलाको आज विहान सवा ९ बजे मृत्यु भएको छ। ज्वरो निमोनिया स्वाशप्रश्वासमा समस्या जस्ता समस्या देखीएको उनको चैत्र २७ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ।
सम्बन्धित खवर
नेपालमा भित्रियाे नयाँ प्रकारको कोरोना भाइरस
अर्घाखाँचीमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु
बुटवल आइपुग्यो कोरोना विरुद्धको खोप
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्