क्रान्ति फेरि रचिने छ

-साया सापकोटा

देशका निम्ति बलिदान दिने
ती महान योद्धाहरूलाई
रक्तिम सलाम !

हो, देशको विरताले भरिएको
रगत कहिल्यै सुक्दैन
लड्छौं  – लडिरहन्छौँ
देशले मागेँ
दिन्छौं बलिदान
महान यो यात्रा छोड्दैनौँ
कसैगरि !
क्रान्ति हो यो जीवन
जीवन देश कै निम्ति
हामी आफै सिंगार्छौ आफ्नो देश
आफ्नो प्रिय ! भूमि 
हो, हामी संसार जित्न
निस्केका योद्धा हौँ ।

व्यक्तिगत स्वार्थका निम्ति
मातृभूमि माथि
लात बजार्ने भाइरसलाई
नष्ट गर्न
लाल झण्डा बोकेर
फेरि उत्रनेछन्
राता मान्छेहरू
क्रान्ति फेरि रचिने छ ।
०००

(लालदिशाबाट)