मन्त्रीद्धय कुलप्रसाद केसी र सुदर्शन बरालले दिए राजिनामा

अविश्वास प्रस्ताव दर्तासँगै राजिनामा

मन्त्रीद्धय कुलप्रसाद केसी र सुदर्शन बरालले दिए राजिनामा

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन् । माओवादी केन्द्रबाट मन्त्री भएका उनीहरुले सोमबार राजिनामा दिएका हुन्।

संयुक्त राजिनामा पत्रमा केशी र बरालले मुख्यमन्त्रीसँग हार्दिकताको सम्बन्ध भएपनि प्रधानमन्त्रीबाट कम्युनिष्ट आन्दोलन एकिकरण र जनभावना विपरितका कदम चालेकाले सरकारमा बस्न नमिलेको बताएका छन्। 

माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केशीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ।