कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल कपिलवस्तु अन्तर्गत विजयनगर गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले विशालको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ ।
कार्यक्रममा संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । उनले वर्गभिाजित समाजको अत्य गरी समानतामुलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष बादलले विभिन्न समाजिक विकृति र विसंगतिको भण्डारफोर गर्दै सम्पूर्ण युवाहरूलाई संगठनमा संगठित गर्नुपर्ने बताए ।
कार्यक्रममा गाउँ कमिटी सेक्रेटरी राजेन्द्र, जिल्ला उपाध्यक्ष सागर लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको छ । उक्त कार्यक्रमको सञ्चालन सञ्जयले गरेका थिए ।
सम्बन्धित खवर
बुटवलमा ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार
मकवानपुरमा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण
नेकपा मकवानपुरका जबस मोर्चाद्वारा विरोध प्रदर्शन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्