बर्दिया । नेकपा बर्दियाले झुटो मुद्धामा बर्दिया कारागारमा बन्दी जीवन बिताइरहेका बर्दिया जिल्ला सदस्य जयबहादुर ठाडा मगरकी आमाको निधनप्रति शोक व्यक्त गरेको छ ।
बन्दी जीवन बिताइरहेका मगरकी आमा हिरा राना मगरको ९८ वर्षको उमेरमा निधन भएको वक्तव्यमा उल्लेख छ ।
जिल्ला सेक्रेटरी हिम शिखरले सोमबार शोक वक्तव्य मार्फत् एकिकृत जनक्रान्तिको यात्रामा अविचलित भई बन्दी जीवन बिताइरहेका योद्धाकी आमाको निधनले पार्टीलाई मर्माहित बनाएको बताएका छन् । उनले यस दुखद् घडीमा आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बन्दी जयबहादुर ठाडा मगर लगायत परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
Tags :
सम्बन्धित खवर
युवा सङ्गठनद्वारा सार्वजनिक यातायातमा अनुगमन
५ वर्ष अगाडि
नेकपाका दुई नेता विकिरण र शाक्य पक्राउ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्