Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्धारा कोरोना महामारी विरुद्ध जनसेवामा जुट्न अपिल - Janabato

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्धारा कोरोना महामारी विरुद्ध जनसेवामा जुट्न अपिल

विभिन्न चरणबद्ध कार्यक्रमको घोषणा, ब्युरोका सबै जिल्लामा अनिवार्य लागु गर्न निर्देशन

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्धारा कोरोना महामारी विरुद्ध जनसेवामा जुट्न अपिल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना भाइरसको दोस्रो लहरले देशलाई आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा ब्युरो अन्तर्गतका सबै जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई यो महामारी विरुद्ध जनसेवामा जुट्न अपिल गरेको  छ ।

संगठनका ब्युरो संयोजक विरेन्द्र विकले अहिले विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसले विश्वको मानव जाति नै संकटमा परिरहेको बेला दलाल पुंजीवादी देशहरु मानवता भन्दा आफ्नो नाफामा केन्द्रित रहेको बताएका छन् । उनले अक्सिजन र उपचार गर्ने बेड नपाएर जनताले अकालमै ज्यान गुमाउनु परिरहेको यो बिशिष्ट परिस्थितीमा नेपाल कम्युनिस्ट पार्टी र पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जनताको जिम्मेवार पार्टी र जिम्मेवार संगठन भएको बताउँदै अहिलेको आवश्यकता अनुसार  विभिन्न कार्यक्रहरूको निर्माण गरेको बताए । 

कार्यक्रमहरू : 

–बैशाख २९ गते कोरोना भाइरससम्बन्धि जनचेतनामूलक  सन्देश सामाजिक संजालमा राख्ने ।
–३० गते ब्यानरहरु सार्वजनिक स्थलमा राख्ने ।
–३१ देखि जेष्ठ २ गतेसम्म तराईका जिल्लाहरुमा माइकिङ गर्ने तथा  पहाड र तराईका जिल्लाहरुले माक्स÷ सेनिटाइजर पनि बितरण गर्ने ।
–जेठ  ३ देखि १० गतेसम्म सम्भव हुने जिल्लामा अनलाइन मिटिङ र प्रशिक्षण गर्ने ।
–कोरोना महामारी र राज्यको भूमिका विषयमा अन्तरक्रिया अनलाइन मार्फत गर्ने ।
–कोरोना महामारीको कारण अप्ठ्यारोमा परेका विद्यार्थीको तथ्यांक संकलन गरी राहत वितरण गर्ने ।
–अनलाइन कक्षा सन्चालन गरे, नगरेको र शुल्क असुल गरे, नगरेको विषयमा विद्यार्थी÷अभिभावक माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बुझ्ने र रेकर्ड राखिी कारबाही गर्ने ।
–कोरोना महामारीको विषयमा सकारात्मक सन्देशहरु बढि भन्दा बढी सामाजिक सञ्जालमा शेयर गर्ने, आफूले पनि लेख्ने ।

संयोजक विरेन्द्रले सम्पूर्ण विद्यार्थी, सचेत नागरिकहरूलाई सुरक्षित भएर कोरोना महामारीका विरुद्ध आ–आफ्नो ठाउँमा जनसेवामा जुट्न अपिल गर्दै माथी उल्लेखित कार्यक्रमहरु ब्यूरोका सबै जिल्लाहरूमा अनिवार्य लागु गर्न अनुरोध समेत गरेका छन् ।