अर्घाखाँचीमा थप ५२ जना कोरोना सङ्क्रमित 

अर्घाखाँची । बुधबार अर्घाखाँचीमा थप ५२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३४, शितगंगा नगरपालिकामा ४, भूमिकास्थान नगरपालिकामा ४, पाणिनि गाउँपालिकामा १, मालारानी गाउँपालिकामा ७ र छत्रदेव गाउँपालिकामा २ जना थपिएका छन् ।

जिल्लामा हाल सम्म १४ सय ४१ जना कोरोना सङ्क्रमित भएकोमा ८ सय ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाका कारण हाल सम्म ३४ जनाको ज्यान गएको छ भने ५ सय ६५ जना उपचाररत छन् ।