नवलपरासी । रुकुम पश्चिमका लागि छुटेको बस नवलपरासी पश्चिममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुम पश्चिम तर्फ जादै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानी खोलाबाट खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको र अन्य तिनको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन कार्यभइरहेकोले थप बिवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरि घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला
५ वर्ष अगाडि
हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु
५ वर्ष अगाडि
एमालेका ३३ सांसदद्वारा ह्वीप उल्लंघन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्