बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आइतबार काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनले दिएको जानकारीअनुसार एकिकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीलगायत सहिदहरूको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको बताइएको छ । कोभिड–१९ का कारण देशभरिका अस्पतालहरूमा रगतको चरम अभाव भइरहेकाले संगठनले कार्यक्रम नै आयोजना गरेर रक्तदान गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले संगठन जनताका हरेक समस्यामा सहभागी हुँदै आएको बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण संगठनका महासचिव प्रकाश शाहीले गरेका थिए भने नेकपा ललितपुर जिल्लाका पूर्वजिल्ला सेक्रेटरी विदुषी, अधिवक्ता कपिल पोख्रेलगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता थियो ।
रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले संगठनलाई सम्मानस्वरुप प्रशंसापत्र समेत प्रदान गरेको थियो ।
रक्तदान अभियानलाई देशव्यापी बनाउने संगठनका महासचिव प्रकाश शाहीले बताए ।
प्रतिक्रिया राख्नुहोस्