Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपाको चेतावनी - Janabato
जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपाको चेतावनी

उदयपुर । नेकपा उदयपुरले बेलका नगरपालिकाका ७ सय घरधुरी जनतालाई उठिबास गराई कबुलियत वन बनाउने सरकारले गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

उदयपुर जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी लक्ष्मण पौडेलले बिहिबार प्रेस विज्ञप्ति जारी गरी वर्षौदेखि बसोबास गर्दै आएको उक्त जग्गालाई कबुलियत वन बनाई बारा हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरी र सेभ टेक्नोलोजी प्रा.लि. ललितपुरलाई ३० वर्षका लागि ठेक्कामा दिने सरकारले गरेको निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् ।

उक्त निर्णयको विरुद्धमा स्थानीय जनताले शान्तिपूर्ण सङ्घर्ष गरी निर्णय फिर्ताको माग राख्दा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाको निर्देशनमा स्थानीय प्रशासनले निर्दोष जनतामाथि फायरिङ गर्दै अश्रुग्यास प्रहार गरी एक दर्जन जनताहरू घाइते बनाएको र १४ जना गिरफ्तार गरेको घटना निन्दनीय, अमानवीय र अपराधिक भएको विज्ञप्तिमा उल्लेख छ । सोही घटनाका घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको तत्काल निःशुल्क उपचार र पक्राउ परेकाहरूको विनाशर्त तुरुन्तै रिहाई गर्न मागसमेत विज्ञप्तिमा गरिएको छ ।

साथै जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गरी निकासका लागि छलफलको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । अन्यथा यस घटनाबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुनुपर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।