Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा - Janabato
लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

बुटवल । जनता समाजबादी पार्टीको यादव पक्षको समर्थन नरहेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाउन पुगेकी जसपा नेतृ सुमन शर्मा रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री परित्याग गरेर पार्टीमा फर्किएकी छिन् ।

रायमाझीले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाएर पार्टीमा फर्केकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी नेपालको शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहेको उल्लेख गरिकी छन् ।

जसपाको तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।