नेकपाका नेता धीरजकी आमा भीमकुमारीको निधन

बुटवल । नेकपा नवलपरासीका जिल्ला सेक्रेटरी धीरजकी आमा भीमकुमारी रानाको निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरको उपचार गराउदै आउनु भएकी ६९ बर्षीय भीमकुमारीको शनिबार राती ९ बजे घरमा नै निधन भएको सेक्रेटरी धीरजले बताउनु भएको छ ।

सेक्रेटरी धीरजले भन्नुभयो– “आमा लामो समयदेखि सुगर र प्रेसर रोगी हुनुहुन्थ्यो । उहाँको उपचार हुँदै आएको थियो । पछिल्लो समय रोगले च्याप्दै गएको थियो, शनिबार राती ९ बजे निधन भयो ।”

आमा भीमकुमारीको आजै रिडीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । रानाको परिवार पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ देउरालीमा बस्दै आएको छ । आदरणीय आमा भीमकुमारीप्रति जनबाटो परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र सेक्रेटरी धीरजलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।