Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) ले बर्दियामा ज्ञापनपत्र बुझायो  - Janabato
अखिल (क्रान्तिकारी) ले बर्दियामा ज्ञापनपत्र बुझायो 

रमेश प्याकुरेल / बर्दिया । नेकपा निकट अखिल (क्रान्तिकारी) बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा ज्ञापनपत्र बुझाएको छ । आइतबार लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गईरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षा, सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलिरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

सरकारी विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने, निजी विद्यालय द्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रम, पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने, शिक्षक, कर्मचारीमाथिको बौद्धिक शोषण अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) का बर्दिया, सुर्खेत इन्चार्ज लोकेश जोशीले कोरोना कारण दैनिक जीवनयापन समेत गाह्रो परिरहेको बेला केही निजी र सामुदायिक विद्यालयहरूले लुट मच्चाईरहेको भन्दै अविलम्ब रोक्न माग गरे ।

ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख रेविका अमात्यले शैक्षिक विकृत्ति नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) संग सहकार्य गरेर काम गर्ने बताइन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) सुर्खेत बर्दिया इन्चार्ज लोकेश जोशी, जिल्ला अध्यक्ष हरिशंकर प्याकुरेल लगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको जनबाटोमा प्राप्त समाचारमा बताइएको छ ।