Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
मलारानीमा कृषकलाई हाते ट्रयाक्टर वितरण - Janabato

मलारानीमा कृषकलाई हाते ट्रयाक्टर वितरण

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग

मलारानीमा कृषकलाई हाते ट्रयाक्टर वितरण


मंसिर ११, सन्धिखर्क । अर्घाखाँचीको मालारानी गाउँपालिकामा हाते ट्रयाक्टर मर्मत तालिम सम्पन्न भएको छ । पछिल्लो समय सहरदेखि गाउँका बस्ती–बस्तीमा हाते ट्रयाक्टर प्रयोगकर्ता बढेसँगै श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएकोले गाउँपालिकाले पालिका स्तरमा पहिलो चरणमा १८ जना युवालाई मर्मत तालिममा समावेश गरिएको बताईएको छ ।

उक्त तालिममा पालिका भित्र रहेका ९ वटाका युवालाई समेटेर तालिममा सहभागी गराईएको पालिका अध्यक्ष बालकृष्ण आचार्यको भनाई छ । यता तालिममा सहभागी युवाले सीपको सदुपयोग गर्ने बताउदै यस्तो खालको कार्यक्रम आगामी दिनमा पनि ल्याउन आग्रह गरेका छन् । परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो पावर टेलर काम गर्न सजिलो हुने भएकाले पछिल्लो समय यसको माग बढ्दै गएकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको बताईएको छ । 

उक्त कार्यक्रमको समापनमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र र ट्रयाक्टर मर्मत सम्भार सम्बन्धी औजार समेत वितरण गरिएको बताइएको छ ।