Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
वरिष्ठ वामपन्थी नेता स्वनाम साथीको निधन - Janabato

वरिष्ठ वामपन्थी नेता स्वनाम साथीको निधन

सच्चा वामपन्थी नेता एवं चिन्तकको निधनले स्तब्ध

वरिष्ठ वामपन्थी नेता स्वनाम साथीको निधन


पुष ११, बुटवल । नेपाली कम्युनिस्ट आन्दाेलनका एक सुपरिचित बरिष्ठ वामपन्थी चिन्तक तथा नेता स्वनाम साथीको निधन भएको छ। शुक्रबार राति ९ बजे उहाँको निधन भएको हो।

कोरोना संक्रमण भएपछि उहाँलाई असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भर्ना गरिएको थियो। फेरि स्वास्थ्यमा समस्या आएपछि कोठमाडौंस्थित मोडल हस्पिटलको आइसियुमा राखिएको थियो। उहाँको त्यहीँ प्राण गएको हो। कोरोना संक्रमणमुक्त भए पनि उहाँमा बारम्बार निमोनियाको समस्या देखिएको थियो। उहाँका दुवै मिर्गाैला फेरिएका थिए।

बुढेसकालमा किरण गौतमसँग विवाह गर्नुभएका स्वनाम साथीका सन्तान छैनन्। म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उहाँको जन्म भएको थियो।

२०३५ सालतिर खगेन्द्र संग्रौलासँग मिलेर सर्वहारा कम्युनिस्ट लिग खोल्नु भएका नेता स्वनामसाथीले पछि रूपलाल विश्वकर्माको मजदुर किसान संगठनसँग पार्टी एकता गर्नुभएकाे थियाे। त्यसपछि संग्रौला अलग्गिएका थिए। उहाँ भने एकता केन्द्र मसाल हुँदै तत्कालीन माओवादी केन्द्रमा संगठित हुनुहुन्थ्याे । तत्कालीन माओवादी केन्द्रमा कम्युनिस्ट चरित्र र आदर्श, सर्वहारावर्गीय आन्दाेलनबाट पार्टी बिमुख भएपछि उहाँ पार्टीबाट असन्तुष्ट भई राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विभिन्न अभियान सञ्चालनमा सक्रिय हुनुहुन्थ्याे । सीमा बचाआै अभियान, मार्कीय गुरुकूल जस्ता अभियानकाे उहाँले अगुवाई समेत गर्नुभएकाे थियाे ।  एक आदर्श र त्यागी नेताकाे रुपमा स्थापित नेता स्वनामसाथी पछिल्लो समय रोगले थलिनु भएकाे थियाे ।

कम्युनिष्ट सिद्धान्तलाई बोली र आदर्शमा मात्रै हैन, व्यवहारमा नै समेत अभ्यास गरिरहेका सोनाम साथी नेपाली वामपन्थी आन्दोलनमा एक सच्चा आदर्शवादी चिन्तक एवं अगुवा मानिनुहुन्छ । उहाँकाे निधनले नेपाली कम्युनिस्ट  आन्दाेलनमा ठुलाे क्षति हुन पुगेकाे छ ।