Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुटवलमा सेनाले घुमायो बख्तरबन्द गाडी - Janabato

बुटवलमा सेनाले घुमायो बख्तरबन्द गाडी

बन्द प्रभावः चोक–चोकमा कार्यकर्ता

बुटवलमा सेनाले घुमायो बख्तरबन्द गाडी

माघ २२, बुटवल । बुटवलमा बन्दको प्रभाव परेको छ । प्रचण्ड–नेपाल समूहको आह्वानमा देशैभर आयोजना गरिएको आम हड्तालको असर बुटवलका मूख्य सडकमा धेरै परेको छ । 

बन्दलाई कडाई बनाउन प्रचण्ड–नेपाल समूहका कार्यकर्ता मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडिहरुलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु भने रोकिएका छैनन् । 

बुटवलको राजमार्ग चौराहमा केहीबेर अघि कार्यकर्ताले टायर बालेका थिए । पूर्व देखि आएका एक दर्जनभन्दा धेरे ढुवानी तथा सवारीका गाडीहरु लामबद्ध रोकिएका छन् । यता मिलनचोकमा पनि ठूलो संख्यामा गाडिहरु रोकेर राखिएको छ । 

केहीबेर अघि मात्रै सेनाले बख्तरबन्द  गाडीहरुलाई बुटवलका सडकमा घुमाएको छ । पूर्वजानकारी विनै बख्तरबन्द गाडीहरु घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरु अचम्ममा परेका थिए । सेनाले बख्तरबन्द गाडि देखाएर डराउन खोजेको एक बन्दकर्ताले बताए । 

बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । यसबारे भने आन्तरिक जानकारी आफूहरुलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने–‘आन्तरिक सर्कुलेसन भएको थियो ।’ 

आर्मीले यसबारेमा केही बोलेको छैन । 

मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय भने आँशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।