Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुटवलमा ओली समुहको जनसभा - Janabato
बुटवलमा ओली समुहको जनसभा

फागुन १, बुटवल । नेकपा (नेकपा) ओली समुहले आज लुम्बिनी प्रदेशको रूपन्देही, बुटवलमा जनसभा प्रदर्शन गरेको छ । 

नेकपा (नेकपा) लुम्बिनी प्रदेशले आयोजना गरेको उक्त जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई लाख जनता सहभागी गराउने घोषणा गरे पनि जनसभामा करिब पन्ध्र हजारको जनसहभागिता रहेको छ।

जनसभालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल, टोप बहादुर राईमाजी, प्रधानमन्त्री केपी शर्मा वली लगायतले सम्बोधन गरेका छन् ।