फागुन १३, बुटवल । रणनीतिक संयुक्त मोर्चाको आयोजनामा भोली फागुन १४ गते कैलाली जिल्लाको धनगढीमा बृहत जनसभा हुने कार्यक्रम रहेको छ ।
उक्त सभालाइृ मोर्चामा आवद्ध विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको र जनसभाको तयारी भइरहेको आयोजकले बताएका छन् ।
नेत्र विक्रम चन्द ’विप्लव’नेर्तत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैध ’किरण’नेर्तत्वको ने.क.पा ( क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेर्तत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेर्तत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले गत माघ २८ गते काठमाण्डौंमा रणनीतिक संयुक्त मोर्चाको घोषणा गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए । सोहि कार्यक्रम अनुसार भोली शुक्रबार धनगढीमा बृहत जनसभा हुने बताइएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्