गुल्मी–अर्घाखाँचीमा सहिद सम्मान एवं शुभकामना कार्यक्रम

सहिद परिवारका सपनालाई साकार पाछौं : माहुरी

गुल्मी–अर्घाखाँचीमा सहिद सम्मान एवं शुभकामना कार्यक्रम

अनिल नेपाली । अर्घाखाँची २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीले  गुल्मी–अर्घाखाँचीमा  सहिद सम्मान एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सहिद सम्मान एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गदै नेपाल कम्युनिस्ट पार्टी गुल्मी /अर्घाखाँचीका सेक्रेटरी माहुरीले सहिदले देखाएको बाटोबाट आफुहरु विचलित नहुने बताए । सेक्रेटरी माहुरीले सहिदले मुलुक परिवर्तनको निम्ति बगाएको रगत खेर जान नदिने बताउँदै आफ्नो पार्टी र आफुहरु विचलित नहुने र आफ्नो पार्टी क्रान्ति देश र जनताप्रति पूर्ण रुपमा जिम्मेवार रहेको बताए ।

एक फरक प्रसंगमा कुराकानी गर्दै माहुरीले देशमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने बताउँदै जनता एकीकृत जनक्रान्तिको कार्यदिशामा सामेल हुन लागि अपिल समेत गरेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो संयोजक विरेन्द्र विकले सहिदले बगाएको रगतलाई कुर्ची र पदसँग साट्नेहरुको अब हिसाब किताब जनताले सुरु गर्ने बताउँदै सहिद परिवार र जनता पुर्ण रुपमा जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा सहिद परिवारका तर्फबाट गणेश पौडेलले नेपालको परिवर्तित आन्दोेलनमा सम्पुर्ण सहिद परिवारहरू एक हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा सहिद परिवार अर्घाखाँचीका अध्यक्ष विशाल खड्काले सहिद परिवारको सपनालाई सबै मिलेर साकार गर्नुपर्ने बताए ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सल्लाहकार टामलाल बस्यालको अध्यक्षता, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नविन खड्काको सञ्चालन, बाबुराम नेपालीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहिद परिवारका आफन्तलाई नगद प्रमाण सहित सम्मान गरिएको थियो ।