Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
सैनामैनाको घुस–काण्डमा ५ दलको ध्यानाकर्षण - Janabato

सैनामैनाको घुस–काण्डमा ५ दलको ध्यानाकर्षण

सैनामैना वडा न.२ का वडा सदस्य थानेश्वर गिरिलाई उन्मुक्ति दिने षडयन्त्र भएको

सैनामैनाको घुस–काण्डमा ५ दलको ध्यानाकर्षण

सुरेश परियार । सैनामैनामा घुस रकम फिर्ता गरि जनप्रतिनिधीलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै ५ राजनीतिक दलले संयुक्त ध्यानाकर्षण गरेको छ । 

घुस रकम फिर्ता गरि घुस काण्डमा मुछिएका सैनामैना वडा न.२ का वडा सदस्य थानेश्वर गिरिलाई उन्मुक्ति दिने षडयन्त्र भएको भन्दै ५ राजनितिक दलले संयुक्त रुपमा विज्ञप्ति जारी गरि सार्वजनिक गरेका हुन् ।

नेकपा माओवादी सैनामैना नगर इन्चार्ज नारायण महत, जनता समाजवादी पार्टि नगर अध्यक्ष टोपराज पाण्डे, नेकपा क्रान्तिकारी नगर इन्चार्ज एकदेव पौडेल, राष्ट्रिय जनमोर्चा नगर इन्चार्ज गणेश गौतम, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सल्लाहाकार खिम बहादुर थापाको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा घुस काण्ड जस्तो अपराधिक गतिविधिमा संलग्नलाई निलम्बन गरि निश्पक्ष छानबिन गर्न नगरपालिकालाई जोडदार माग गरेको उल्लेख गरिएको छ ।

घटनाले इमान्दार जनप्रतिनिधीको समेत शिर निहुरिएको र समग्र स्थानीय तहमा वितृष्णा जगाउने काम भएको विज्ञप्तिमा उल्लेख छ ।