Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
महामारी नियन्त्रणमा रोटरीयनले प्रभावकारी भूमिका खेल्नुपर्नेे  - Janabato

महामारी नियन्त्रणमा रोटरीयनले प्रभावकारी भूमिका खेल्नुपर्नेे 

रोटरी क्लव अफ बुटवलको १३६३ औं नियमित बैठक सम्पन्न

महामारी नियन्त्रणमा रोटरीयनले प्रभावकारी भूमिका खेल्नुपर्नेे 

बुटवल । रोटरी क्लव अफ बुटवलको १३६३ औं नियमित बैठक बैशाख २५ गते सम्पन्न भएको छ । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको भर्चुअल बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा अवार्ड तथा रिकोज्नाइसन कमिटीका डिष्ट्रिक  चेअर रो. प्रदिपमान वैद्य गेष्ट स्पिकरको रुपमा सहभागी भएका थिए । 

त्यस अवसरमा उनले मुलुक कोरोना भाइरसको महामारीको चपेटाबाट गुज्रिरहेको वर्तमान अवस्थामा रोटरीयनको भूमिका महत्वपूर्ण रहेको बताए । महामारीको बेलामा रोटरीयनहरुको भूमिका के हुने भन्नेबारेमा सबैले ध्यान दिनु जरुरी रहेको उनको भनाई छ ।

संक्रमितहरु दिनहुँ बढिरहेका, मृत्यु हुने क्रम पनि उकालो लागिरहेको बेलामा सिगो मुलुक कोभिडसँग जुध्न एकजुट हुनुपर्नेमा जनताको जीवनमाथि खेलवाड गर्न ेगरी राजनीतिका नाममा भएका स्वार्थकेन्द्रित खेलले जनतालाई दुःखित बनाएको पनि उनले बताए ।

बैठकमा वैद्यले डिष्ट्रिक अवार्ड कमिटीको काम र अवार्डबारे पनि जानकारी गराएका थिए । बैठकमा रोटरीयनहरु राजेन्द्र ध्वजू, मणिरत्न पाण्डे, कृष्णप्रसाद अर्याल, रामचन्द्र पन्थी, रोम शर्मा लगायतले विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए । त्यस्तै रोटरीयनहरु डा. ताराप्रसाद उपाध्याय, पुरन श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, रामचन्द्र पन्थी, लगायतले पनि आफ्नो धारणा राखेका थिए ।