कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार जिल्लाको विभिन्न स्थानीय निकायहरूमा ९ बुँदे मागपत्र बुझाएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगङ्गा नगरपालिका, बुद्धभूमी नगरपालिका, शिवराज नगरपालिकालगायत स्थानिय तह, जिल्ला प्रशासन कार्यलय, शिक्षा विकास तथा समन्वय इकाई लगायतका स्थानीय निकायहरूमा मागपत्र बुझाएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।
सङ्गठनले भाडामा बसेका विद्यार्थीलाई राहत प्याकेज उपलब्ध गराउन, विद्यार्थीलाई कोभिड भ्याक्सिनको तत्काल व्यवस्था गर्न, शैक्षिक अन्योल तत्काल अन्त्य गरी शैक्षिक कार्यक्रम घोषणा गर्न, रोकिएका परीक्षाहरु आन्तरिक तथा वैकल्पिक विधिबाट संचालन गर्न, शिक्षामा देखिएको अनियमितता हटाउन माग गरेको छ ।
यस्तै विद्यार्थीलाई सर्टिफिकेटमा लगाइएको महँगो शुल्क हटाउन, कमिसनको लोभमा पाठ्यपुस्तक बर्षेनी परिवर्तन गर्ने प्रणालीको अन्त्य गर्न, पुराना तथा मापदण्ड विपरीतका सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।
सम्बन्धित खवर
नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर रिहा
नेकपा ओखलढुंगाद्धारा जनजागरण अभियान तिव्र
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्