गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खननकार्य नरोके कारबाही गर्ने नेकपाको चेतावनी

गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खननकार्य नरोके कारबाही गर्ने नेकपाको चेतावनी

झापा । नेकपा मेचीनगर नगर समिति, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिनालगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिसँग संलग्न रहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको बताएको छ ।

मेचीनगर समिति इन्चार्ज जितुले सोमबार प्रेस विज्ञप्तिमार्फत् गैरकानुनी रुपमा नदीजन्य पदार्थको दोहन कार्यमा संलग जो कोहीलाई सत्यतथ्य छानबिन गरी कानुनी कारबाही नगरे पार्टीले कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

इन्चार्ज जितुले विज्ञप्तिमा भनेका छन्, ‘प्राकृतिक सम्पत्तिको गैरकानुनी उत्खनन, आर्थिक हिनामिना, फर्जी बिलको प्रयोगलगायतका कार्यमा जो कोहीलाई सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा नगरका जनताका माँझ हाम्रो पार्टी नदीजन्य पदार्थको दोहन कार्यमा संलग्न जो कोहीलाई कारबाही गर्न बाध्य हुनेछ । यसको जिम्मेवार सम्बन्धीत निकाय हुने कुरा यसै विज्ञप्तिमार्फत् जानकारी गराउँदछौँ ।’