अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले असार १५ धान दिवसको अवसर पारी किसानको खेतमा धान रोपेर जनश्रमदान गरेको छ । तुर्माखाँद गाउँपालिका वडा नं. ४ अन्तर्गत चिसीमा ६ जना स्थानीय कृषकहरुको खेतमा धान रोपेको हो ।
धान रोपाइँ नेकपा अछामका सचिवालय सदस्य निरक शाही ‘प्रतिक’को नेतृत्वमा जिल्ला सदस्य विकास बिष्ट, दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष दिलिप विश्वकर्मा, युवा संगठन नेपाल अछामका जिल्ला सचिव कुमार क्षेत्री, जनपत्रकार सङ्गठन अछामका जिल्ला कोषाध्यक्ष कमल विश्वकर्मा र अखिल (क्रान्तिकारी) अछाम जिल्ला कोषाध्यक्ष कमला बिष्ट लगायत २० जना भन्दा बढी नेता कार्यकर्ताको प्रत्यक्ष सहभागीतामा सम्पन्न भएको थियो ।
Tags :
सम्बन्धित खवर
उद्योगी व्यवसायीलाई खोपको व्यवस्था गर्न आग्रह
५ वर्ष अगाडि
घरेलु तथा साना उद्योग समृद्धिको आधार : खड्का
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्