Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
राष्ट्रियता सम्बन्धी विषयमा बुटवलमा विरोध प्रदर्शन - Janabato
राष्ट्रियता सम्बन्धी विषयमा बुटवलमा विरोध प्रदर्शन

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला समितिको आयोजनामा बुटवलको भारतीय पेन्सन क्याम्प (फूलबारी गेट) नजिकै राष्ट्रिय स्वाधीनताको पक्षमा र वैदेशिक हस्तक्षेपको विरोधमा कोणसभा तथा विरोध प्रदर्शन सम्पन्न भएको छ ।

कार्यक्रममा सङ्गठनकी जिल्ला अध्यक्षम इन्दु वलीले सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्न र अतिक्रमित भूमि तत्काल फिर्ता गर्न माग गरिन् । वलीले सबैखाले सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै आफ्नो पार्टीले अघि सारेको संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न अपिल गरिन् ।

सङ्गठनका जिल्ला उपाध्यक्ष पारस राहादी मगरले राष्ट्रहित विपरीत हुने कुनै पनि विदेशी सम्झौता आफूहरूलाई स्वीकार्य नहुने बताए । उनले सबैखाले असमान सन्धिसम्झौताहरू तत्काल खारेज गर्न माग गर्दै राष्ट्रिय स्वाधीनता र रक्षाको लागि आफ्नो सङ्गठनले देशव्यापी रुपमा कडा सङ्घर्ष र आन्दोलन गर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ !, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर !, राष्ट्रघाती एमसीसी खारेज गर !, सबैखाले असमान सन्धिसम्झौताहरू खारेज गर !, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो !, सिमा अतिक्रमण बन्द गर !, अतिक्रमित भुमि फिर्ता गर !, अतिक्रमित भुमि नक्सामा समावेश गर !, साम्राज्यवादी दलालहरूलाई बहिष्कार गरौँ !, अखिल (क्रान्तिकारी) जिन्दावाद !, एकीकृत जनक्रान्ति – जिन्दावाद !, वैज्ञानिक समाजवाद जिन्दावाद ! लगायतका नाराहरू लगाइएको थियो ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगर लगायत विद्यार्थी नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सङ्गठनका जिल्ला सचिव पदम पराजुलीले गरेका थिए ।