Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु - Janabato

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

बुटवल, माघ १ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ । संघका सदस्य उद्योगी व्यबसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको लागि डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो ।

संघमा डिजिटल भुक्तानीको लागि ई–सेवासंग सम्झौता गरेर सेवा शुरु गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो । संघको सदस्यता नविकरण, नयाँ सदस्यता सहित संघले सञ्चालन गरेको व्यबसायिक सेवा केन्द्र (ओ.एस.एस.) अन्तरगत प्रदान गरिने कम्पनी दर्ता, साना करदाताको कर भुक्तानी, ई–प्यान लगायतको सेवाको त्यसमार्फत सेवा शुल्क भुक्तान गर्न सकिने ई–सेवा बुटवल कार्यालयका प्रमुख गोबिन्द खनालले जानकारी गराउनु भयो । कार्यकारी निर्देशक कार्कीका अनुसार यो निशुल्क सेवा हो, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

यस अंगाडीसम्म संघबाट लिने सेवाको कार्यालयमा पुगेर भुक्तानी गर्नुपर्ने व्यबस्था थियो । ई–सेवासंगको सम्झौतासंगै अव सेवा शुल्क भुक्तानीको लागि कार्यालयमा धाईरहनु पर्ने बाध्यताको अन्त्य भएको छ । त्यस्तै संघका सदस्य उद्योगी व्यबयासीलाई उसको व्यबसाय प्रतिष्ठानमा डिजिटल पेमेन्टकै लागि ई–सेवाले निशुल्क क्यु.आर. कोड समेत उपलब्ध गराउने भएको छ ।

त्यसैगरी बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको वेवसाईडलाई समेत डिजिटल भुक्तानीसंग जोड्ने योजना बनाएको छ । वेवसाईड मार्फत संघले जारी गर्ने सूचनाहरुसंगै वेवसाईडलाई विद्युतीय भुक्तानीमा जोड्ने योजना रहेको कार्यकारी निर्देशक कार्कीले जानकारी गराउनु भयो ।