लुम्बिनी ब्युरोको विभिन्न जिल्लामा मसालजुलुस

२६ औं महान जनयुद्व दिवसको पूर्वसन्ध्यामा विभिन्न जिल्लामा मसालजुलुस

लुम्बिनी ब्युरोको विभिन्न जिल्लामा मसालजुलुस

माघ ३०, बुटवल । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ नेतृत्वको भातृ संगठन युवा संगठन नेपाल लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय समितिद्धारा २६ औं महान जनयुद्व दिवसको पूर्वसन्ध्यामा विभिन्न जिल्लामा मसालजुलुस निकालिएको छ ।

नेपाल कम्युनिस्ट पार्टिको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुरले महान दर्जनौं नेता कार्यकर्ताको उपस्थितिमा मध्यविन्दु नगरमा मसालजुलुस सहितको कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अबिनासले सम्बोधन गर्दै, पुंजिवादी व्यवस्था, दलाल संसदिय व्यवस्था नै प्रमुख बाधक रहेको र अबको एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको , महान जनयुद्ध र महान सहिदहरुका अधुरा सपना पूरा गर्न सम्पुर्ण युवाहरू एकीकृत जनक्रान्ती को झन्डा मुनि गोलबन्द हुन आह्वान गरेका छन ।

ब्युरो अन्तरगत गुल्मीको धुर्कोट, पाल्पाको तिनाउ, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको ३ स्थान – शिवराज नगरपालिकाको हल्लानगर, बाणगंगा नगरपालिकाको बनगाई, कपिलवस्तु नगरपालिकाको पचेहरा र रूपन्देहीको मुर्गिया चोक लगायत अन्य जिल्लाका विभिन्न ठाउँमा मसालजुलुस निकालिएको हो ।