बुटवल । युरोकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनीले लात्भियालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा थोमस मुलरले जर्मन राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरे । यस्तै कप्तान तथा गोलकिपर मानुएल नोएले एक सयौँ खेल पूरा गरे ।
जर्मनीको लागि रोविन गोसेन्स, इल्के गुन्डोगन, थोमस मुलर, सर्ज जीनाब्री, टिमो वर्नर र लरेय सानेले गोल गरे । जर्मनीले एक आत्मघाती गोल उपहार पाएको थियो ।लात्भियाका लाग अलेक्सेस साभेल्जेभ्सले एक गोल फर्काए ।
जर्मनीका लागि सयौँ खेल खेल्ने पहिलो गोलकिपर बनेका मानुएल नोएलाई खेलअघि टिममेटले गार्ड अफ अनर प्रदान गरेका थिए । यही जुन ११ देखि सुरु हुने युरोकपमा जर्मनी ग्रुप अफ डेथमा छ । समूह एफमा जर्मनीसंगै विश्वविजेता फ्रान्स, युरोको साविक विजेता पोर्चुगल र हंगेरी छन् ।
Tags :
सम्बन्धित खवर
वुल्भ्ससँग चेल्सी पराजित
५ वर्ष अगाडि
फुटबल टिमकाे बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनाेटमा
५ वर्ष अगाडि
अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतलाई
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्