अनिल नेपाली । अर्घाखाँची । कोरोनाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका–८ किमडाँडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।
कोरोना संक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अवकासपछि नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी स्थानिय तहमा लोकप्रिय नेताको रूपमा परिचित थिए ।
Tags :
सम्बन्धित खवर
सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै
५ वर्ष अगाडि
नख्खु जेलमा ‘सुदर्शन’संग भेटघाट
५ वर्ष अगाडि
नेकपा अछामद्वारा साउद परिवारप्रति समवेदना प्रकट
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्