चैत ६, अर्घाखाँची । नेकपा निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) अर्घाखाँचीले संगठन बिस्तार अभियानलाई तिव्रता दिएको संगठनका जिल्ला अध्यक्ष नविन खड्काले जानकारी दिएका छन ।
जेठमा हुने २२ औं राष्ट्रिय सम्मेलन र २८ औं जिल्ला सम्मेलनलाई लक्षित गर्दै क्रान्तिकारीले जिल्लाका विभिन्न विद्यालयहरुमा संगठन बिस्तार गर्ने अभियानलाई तिब्र रुपमा अगाडी बढाएको बताइएको छ ।
बिहिवार सन्धिखर्कको जन ज्योती मा.वि. मा क. अजय बुढा मगरको नेतृत्वमा ५१ सदस्यीय, क. एलिना पराजुलीको नेतृत्वमा २३ सदस्यीय र क. गरुण पन्थिको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै विद्यार्थी नेता क. बाबुरामले विद्यार्थीहरुले आफ्ना बौद्धिक हतियार प्रयोग गरेर शिक्षामा भएका तमाम भ्रष्टाचार, दलालिकरण र शिक्षामा भएको रवैयाका विरुद्धमा रातो तारा अंकित कलमको झन्डामा गोलबन्द भएर लाग्न अनुरोध गर्दै अबको शिक्षा प्रणालीको विकल्प वैैज्ञानिक शिक्षा प्रणाली रहेको बताएका थिए । उक्त कार्यक्रमको संचालन विद्यार्थी नेता क. पदमले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्