अखिल (क्रान्किारी) मकवानपुरको ९ औं बैठक सम्पन्न

एकिकृत जनक्रान्ति सम्पन्न गराउने दिशामा लामबद्धहुन आग्रह

अखिल (क्रान्किारी) मकवानपुरको  ९ औं बैठक सम्पन्न

चैत ९, मकवानपुर । नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल रास्टिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको ९ औं बैठक सम्पन्न भएको छ । 

उत्त बैठकले आगामी चैत्र २५ गते जिल्ला सम्मेलन र जेठ २ गतेबाट सुरु हुनगईरहेको राष्ट्यि सम्मेलन सफल पार्न अझै संगठनलाई क्रियाशील बनाउने निर्णय गरेको छ ।

बैठकमा प्रमुख अथिति वाटरले सम्मेलन सफल बनाउन संगठनको सम्पुर्ण शक्ति लगाउन आग्रह गरे । उनले पार्टी संगठन विचार सिद्धान्त र कार्यदिशालाई आम जनतासम्म पुरयाई एकिकृत जनक्रान्ति सम्पन्न गराउने दिशामा लामबद्धहुन आग्रह गरे ।

नेकपा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ प्रमुख अथिति र नारायणी व्युरो जवस फ्याक्सन इन्चार्ज विकास वलि विशेष अथिति र अखिल (क्रान्तिकारी) नारायणी व्युरो संयोजक प्रकाश जप्रेल अथिति र मकवानपुर जिल्ला अध्यक्ष विवेक घलानको अध्यक्षतामा बैठक बसेको थियो