दोर्दी : नेपाल कम्युनिस्ट पार्टी निकट जबस मोर्चा अन्तर्गत दलित मुक्ति मोर्चा नेपालको लमजुङ जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बिहिवार लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको कान्छा गाउँमा आयोजित भेलाले सुरेश बिकको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरि भेला सम्पन्न गरेको हो ।
भेलामा पार्टीका जिल्ला इन्चार्ज जे.बि. भण्डारी ‘आक्रोश’ले समाजवादमा मात्र जातिय मुक्ति सम्भव रहेकोले सबै एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि सबै एक जुट हुनुपर्ने बताए ।
दलित मुक्ति मोर्चा नेपालका गण्डक ब्यूरो संयोजक उमेश सिकेले वर्गीय मुक्ति संगसङ्गै जातीय मुक्ति पनि हुनुपर्नेमा जोड दिए र मुक्ति नभएमा कडा आन्दोलन गर्न सम्पुर्ण दलितहरु बाध्य हुने बताए ।
पार्टीका लमजुङ जिल्ला सेक्रेटरी गौरवको स्वागत मन्तव्यबाट सुरु भएको उक्त भेलाको सभापति जेष्ठ नागरिक टेक तारा बोहरा रहेका थिए ।
भेलामा पार्टीका गण्डक ब्युरो सदस्य संघर्ष , पार्टीका लमजुङ जिल्ला इन्चार्ज , दलित मुक्ति मोर्चाका गण्डक ब्युरो संयोजक उमेश सिके, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का गण्डक ब्युरो संयोजक सागर अर्याल, विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) लमजुङ जिल्ला संयोजन राजन साउद लगायतले दशवर्षिय जनयुद्धका सहिद परिवारको विशेष मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सदस्य कुमार परियार ’नदि’ ले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्