Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा विश्वकर्मा - Janabato

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा विश्वकर्मा

पदम विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा विश्वकर्मा

दमौलीः नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) तनहुँ जिल्लाको २३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रवार दमौलिमा सम्पन्न भएको सम्मेलनले पदम विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा अस्मिता कोइराला र प्रवीण थापा सचिवमा शिव सदाशंकर, सहसचिवमा आदित्य ढुङ्गाना र राजेन्द्र गिरि र  कोषाध्यक्षमा सरिता विकलाई चयन गरेको छ । 

सम्मेलनका प्रमुख अतिथी तथा अखिल (क्रान्तिकारी )का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले व्यवहारिक तथा निःशुल्क शिक्षाका लागि लामो समय देखि निरन्तर संघर्ष गर्दै आइरहेको र वैज्ञानिक समाजवादि शिक्षा र वैज्ञानिक समाजवादि व्यवस्थाका लागि  संघर्ष गरेको तथा निरन्तर आन्दोलन गरिहेको बताए । उनले विद्यार्थी र विद्यार्थी आन्दोलनले विश्वमा ठूला ठूला तानाशाह र निरंकुश व्यवस्थालाई घुडाँ टेकाएको बताउँदै नेपालमा पनि दलाल संसदीय व्यवस्था परिवर्तन गरि वैज्ञानिक समाजवादि व्यवस्था ल्याउन विद्यार्थीको अहम् भुमिका हुने बताए । 

सम्मेलनमा नेकपाका गण्डक ब्युरो कार्यालय सचिव रुपेश विशिष्ट अतिथी, नेकपा तनहुँ जिल्ला इन्चार्ज निशान्त, अखिल(क्रान्तिकारी) गण्डक  ब्युरो संयोजक अटल अतिथी रहेका थिए ।