बुटवल । रूपन्देहीको सालझण्डीबाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरु पार्टीका नेता तथा पूर्व निलम्बित वडा अध्यक्ष समेत रहेका छन् ।
जुवा (तास) खेलबाट पक्राउ पर्नेहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ सत्यवतीका स्थानीय नेताहरु रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा गएको टोलीले स्थानीय गाहा होटलबाट उनीहरु सहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सालझण्डीका केही ब्यापारी समेत रहेको जनाइएको छ । जुवाडेको साथबाट १६ हजार २ सय ४५ रुपैयाँ नगद रकम बरामद गरिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कानुन बमोजिम मुद्दा चलाइने प्रहरीले बताएको छ ।
Tags :
सम्बन्धित खवर
अब मोबाइल एप मार्फत् घरघरमै सवारी सेवा
५ वर्ष अगाडि
नख्खु कारागारबाट ‘सुदर्शन’को शुभकामना सन्देश
५ वर्ष अगाडि
सरकार सङ्कटको घडीमा सत्ता टिकाउने खेलमा !
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्