मध्यविन्दुको प्रथम नगर सम्मेलन सम्पन्न

विपन कुमालको अध्यक्ष रहने गरि ९ सदस्यीय नगर कमिटी चयन

मध्यविन्दुको प्रथम नगर सम्मेलन सम्पन्न

नवलपुर । जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको  अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुर अन्तर्गत मध्यविन्दुको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

बिहिवार सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला सेक्रेटरी प्रभातको प्रमुख आतिथ्य, युवा संगठन नेपाल नवलपुर दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक अबिनाशको विशेष आतिथ्य, दलित मुक्ति मोर्चा नवलपुरका अध्यक्ष  रन बहादुर विश्वकर्मा, कुमाल रास्ट्रीय मुक्ति मोर्चा नवलपुर संयोजक नर बहादुर कुमाल, अखिल नेपाल किसान महासंघ  (क्रान्त्तिकारी ) नवलपुर जिल्ला संयोजक पोस्ट बहादुर  मल्लको आतिथ्य रहेको बताइएको छ ।  

सम्मेलनले विपन कुमालको अध्यक्ष रहने गरि ९ सदस्यीय नगर कमिटी चयन गरेको छ ।