अनिल नेपाली / अर्घाखाँची : लामो समयदेखि खुल्ला आकाशमुनि जीवन बिताउँदै आएका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. २ भद्रीखोलाका बादी समुदायका नागरिक घरजग्गाको लालपुर्जा पाएपछि खुशी भएका छन् ।
सुकुम्बासिको रुपमा बस्दै आएका बादी समुदायका १३ परिवारले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमद्धारा जग्गाधनी लालपुर्जा पाएपछि खुशी भएका हुन् । शनिबार एक कार्यक्रमको बीचमा लुम्बिनी प्रदेश सभाका सांसद चेतनारायण आचार्यले उनीहरुलाई जग्गाधनी लालपूर्जा हस्तान्तरण गनुभएको हो । लालपूर्जा हस्तान्तरण गर्दै सांसद आचार्यले गरिबीको रेखामुनि रोमल्लिएर बसेका जनताको जीवनस्तर उकास्नका लागि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अगाडी सारेको बताए ।
कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकाले भद्रीखोला नजिकै २ रोपनी ४ आना जग्गा किनेर एक परिवार बरावर २ कोठा, एक वटा ट्वाइेटसहित आवास निर्माण गर्ने काम अगाडी बढाएको छ । नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्षता रहेको लालपूर्जा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख ऋषि बहादुर पुलामी, नगर उपप्रमुख ठाकुरकुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, सिफारिस समिती सदस्य श्रीकृष्ण भुसाल, वडा अध्यक्ष मोतिजङ रायमाझी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्