बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरले सम्पूर्ण मानवजीवन संकटपूर्ण बनाएको र यो विषम परिस्थितीमा सुरक्षा र उपचार सहज तरिकाले नहुने भएकाले संगठनको २२ औँ राष्ट्रिय सम्मेलन स्थगित गरिएको बताएका छन् ।
अध्यक्ष ढकालले कोरोना महामारीले देश आक्रान्त भएको अवस्थामा व्यक्तिगत दूरी कायम गर्दै कारोना महामारीविरुद्ध जनसेवामा जुट्न अपिल समेत गरेका छन् ।
ढकालको विज्ञप्तिमा भनिएको छ, ‘संगठनको पाँचौ पूर्ण बैठकले तग गरेको राष्ट्रिय सम्मेलन गर्ने योजनाअनुसार देशैभरि प्रचारप्रसार, जिल्ला भेला, सम्मेलनहरू, पोस्टरिङ, भित्तेलेखन लगायत तयारी भैरहेको भए पनि कोभिड–१९ का कारण राष्ट्रिय सम्मेलन स्थगित गरिएको छ ।’
क्रान्तिकारीले यहीँ बैशाख ३१ द्येखि जेठ ३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको थियो । कार्यक्रममा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्