बुटवल । कोभिड १९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेका कारण ‘प्रकाशन तथा प्रसारण समाज’ रुपन्देहीद्धारा प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन केही दिनका लागि स्थगन गरिएको बताइएको छ ।
प्रकाशन तथा प्रसारण समाज, रुपन्देही अध्यक्ष नवराज कुँवरले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी कोभिड १९ को दोस्रो चरणको महामारीबाट बच्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाइ गर्दै लगिरहेको अवस्थामा प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिदै गएको कारणले तत्कालका लागि स्थगन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशन तथा प्रसारण समाज नचाहदा नचाहदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सुचना दिन बाध्य भएको छ । यसबाट पुग्न गएको असरप्रति हामी क्षमा चाहन्छौं र कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्दता जनाउन चाहन्छौं । प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रही प्रसारण गर्न सकिने समेत अनुरोध गर्दछौं ।’
पूर्ण विज्ञप्ति पाठ :
‘अहिले कोभिड १९ को दोस्रो लहरसँगै देशका धेरैजसो जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्था छ । हामीले प्रकाशन तथा प्रसारण गरेको जिल्लामा पनि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको अवस्था छ । यस बीचमा हामीले हाम्रा प्रकाशन तथा प्रसारणहरुलाई नियमितता दियौं ।
कोभिड १९ को दोस्रो चरणको महामारीबाट बच्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाइ गर्दै लगिरहेको कुरा सबैमा सर्वविदितै छ । यो निषेधाज्ञाबाट हामीसँग आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिदै गएको छ । यसले गर्दा प्रकाशन तथा प्रसारण समाज नचाहदा नचाहदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सुचना दिन वाध्य भएको छ ।
यसबाट पुग्न गएको असरप्रति हामी क्षमा चाहन्छौं र कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्दता जनाउन चाहन्छौं ।
प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रही प्रसारण गर्न सकिने समेत अनुरोध गर्दछौं । धन्यवाद ।’
नवराज कुँवर
अध्यक्ष
प्रकाशन तथा प्रसारण समाज, रुपन्देही
प्रतिक्रिया राख्नुहोस्