सप्तरी र महोत्तरीमा द्वीप प्रज्वलन !

बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन युवा संगठन नेपाल, सप्तरी र महोत्तरीले मङ्गलबार द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यक्रमअनुसार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुको सम्झना स्वरुप द्वीप प्रज्वलन कार्यक्रम गरिएको युवा संगठन नेपाल केन्द्रीय सदस्य विचारमान थिङले बताए । 

सप्तरीमा युवा सङ्गठन नेपालका जिल्ला संयोजक कार्तिकको नेतृत्वमा र महोत्तरीमा सङ्गठनका जिल्ला अध्यक्ष प्रणकुमार लामाको नेतृत्वमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो । 

सप्तरी र महोत्तरीका युवाहरुले कोरोना भाइरस विरुद्ध जनचेतनामूलक अभियान समेत सञ्चालन गरेका छन् । कोरोना भाइरसबाट सुरक्षित रहनको लागि मास्क, सेनिटाइजर लगायतका सामग्रीहरु पनि सुकुम्बासी बस्तीहरुमा वितरण गरिएको बताइएको छ ।