धनुषा । नेपाल कम्युनिस्ट पार्टी धनुषाले गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १ र ३ मा सरसफाई अभियान संचालन गरेको छ । करिब एक सय जनाको सहभागिता रहेको उक्त सरसफाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी इन्चार्ज देवनारायण शाहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य शाहले दलाल संसदीय व्यवस्थाले जनतालाई बाँच्न कठिन बनाउने र केही मुठ्ठीभर दलाल नोकरशाहीहरूलाई धनी बनाउने भएकाले यो व्यवस्था जनताको पक्षमा नरहेको बताए ।
नेपाली नागरिकलाई नागरिक विहिन बनाउने षड्यन्त्र थोपरिएको भन्दै केन्द्रीय सदस्य शाहले पहुँचवाला विदेशीहरूले जतिबेला पनि सहज तरिकाले नागरिकता प्राप्त गर्न सक्ने तर नेपाली गरीब जनताले सहज तरिकाले नागरिकता प्राप्त गर्न नसक्ने अवस्था सिर्जना गरेको बताए । साथै उनले नेपालमा असफल भैसकेको दलाल संसदीय व्यवस्थाको सट्टा जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न जनमत सङ्ग्रहमा जानुपर्ने धारणा व्यक्त गरे ।
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्