उठ गाउँ– उठ सहर !

जनगायक तथा सर्जक एनबी विकको क्रान्तिकारी गीत ‘उठ गाउँ– उठ सहर’ बोलको गीत सार्वजनिक भएको  छ । जसमा शब्द एनबी विक र लय आरोह नेपालीको रहेको छ । 

उक्त क्रान्तिकारी गीतमा  जनगायक आरोह नेपाली, गायिका निर्मला घिसिङ, एनबी विक, लक्ष्मण पाख्रीन, माया विक पटेल, रोजा शाहीले स्वर दिएका छन् भने गीतको छायांकन तथा सम्पादन सागर महतले गरेका छन् ।  उक्त गीत सागर क्षेत्री युट्युब चयानल मार्फत् सार्वजनिक गरिएको  छ ।

गीतमा सहिदको सुन्दर सपनाहरू अधुँरा रहेको र वर्तमान दलाल राज्यसत्ताबाट सबै जाति, वर्ग, लिङ्क क्षेत्रका मानिसको मुक्ति सम्भव नभएकाले वैज्ञानिक समाजवाद ल्याएरै छोड्ने जस्ता भावहरूलाई समेटिएको छ ।