बुटवल । राष्ट्रिय जागरण मञ्च, नेपालले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूलय तुरुन्त खारेज गर्न माग गरेको छ । राष्ट्रिय जागरण मञ्च, नेपालका संयोजक गुणराज लोहनीले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा बढाएको मूल्य खारेज नगरे जनता अब चुप लागेर नबस्ने बताएका छन् ।
यस्तो सङ्गीन घडिमा सरकारले जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी महिनाको ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएर भाँचिएको डाढमाथि यमानको भारी थोपरिदिएको विज्ञप्तिमा उल्लेख छ । यो मूल्य वृद्धिले सबैको जीवनलाई सकसपूर्ण बनाएको भन्दै मञ्चका संयोजक लोहनीले पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर्न जेडदार माग गरेका छन् ।
आयल निगम अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि अत्याधिक कर थोपरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सरकार र कर्मचारी मोटाउने र जनता मर्दै जाने परिवेश बनिराखेको छ, त्यसैले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त खारेज गर । अन्यथा जनता अब चुप लागेर बस्ने छैनन् ।’
सम्बन्धित खवर
पाल्पामा भुइँकाफलको व्यावसायिक खेती
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्