बुटवल । विभिन्न माग राख्दै सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्वास्थ्य क्षेत्रमा देखिएको विकृतको विषयमा नारा लगाउँदै बिहान सिंहदरबार क्षेत्रमा पुगेका नागरिक समाजका अगुवाहरूलाई नियन्त्रणमा लिएको हो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले सिंहदरबार घेराउ गर्न पुगेका थिए।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको भ्यानमा राखेर भृकुटीमण्डपस्थित पुलिस क्लबमा लगेर राखेको छ। पक्राउ परेकामा नागरिक अगुवा नारायण वाग्ले, खगेन्द्र संगौला, अर्चना थापा लगायत रहेका छन्।
Tags :
सम्बन्धित खवर
महासचिव विप्लवद्वारा गोरे दाईप्रति श्रद्धाञ्जली !
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्