कपिलवस्तु र अछाममा भएको प्रहरी हस्तक्षेप खेदजनक

मूल्यवृद्धि र बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा सङ्गठनको माग

कपिलवस्तु र अछाममा भएको प्रहरी हस्तक्षेप खेदजनक

बुटवल । नेकपा निकट युवा सङ्गठन नेपाललले केन्द्रीय कार्यक्रम अन्तर्गत साउन २ गते ‘यातायात व्यवसायीले गरेको चर्को भाडा असुली’ विरुद्ध सार्वजनिक यातायातमा युवाहरूले अनुगमन गर्दा कपिलवस्तु र अछाममा भएको प्रहरी प्रशासनको हस्तक्षेप खेदजनक भएको बताएको छ ।

सङ्गठनका संयोजक पाटन जङ्गलीले एक प्रेस विज्ञप्ति जारी गरी जनताको दाड सेक्ने गरि गरिएका चर्को मूल्यवृद्धिलाई तत्काल फिर्ता लिई बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न जोडदार माग गरेका छन् । उनले विज्ञप्तिमा पेट्रोलियम पदार्थ र यातायात भाडा लगायतका सबै बस्तुमा गरेको चर्को मूल्यवृद्धिप्रति सङ्गठनको तर्फबाट घोर विरोध समेत गरेका छन् ।