बुटवल । नेकपाका महासचिव विप्लवले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मङ्गलबार ओली निवास बालकोट भक्तपुरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यस्तै ओली सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीन बुँदे सहमतिको विषयमा पनि छलफल भएको जनाइएको छ ।
छलफलमा नेकपाका प्रवक्ता प्रकाण्ड र सचिवालय सदस्य कञ्चन सहभागी थिए । यस्तै नेकपा र सरकारबीच भएको वार्ता टोलीका सदस्य राजन भट्टराई पनि भेटघाटमा उपस्थित थिए । भेटघाटमा नेकपाका शिर्ष नेताहरूले समसामयिक राजनीतिक विषयसँगै तीन बुँदे सहमति कार्यान्वयनको विषयमा चासो राखेका थिए ।
नेकपाले सहमति कार्यान्वयनमा भएका कमी र कार्यान्वयनको लागि राखेको जिज्ञासाको जवाफमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमति आफ्नो नेतृत्वको सरकारले गरेको हुनाले त्यसको पूर्ण कार्यान्वयनको लागि सहयोग गर्ने प्रतिबद्धता गरेको नेकपा स्रोतले जनाएको छ ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्